२२ बैशाख २०८१, शनिबार

संसद विघटनकाबारेमा स्पष्ट धाराणा बनाउन कानुनविद्को सुझाव

प्रकाशित मिति :  21 December, 2020 3:26 pm


कठमाडौं, ६ पुष ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालले पछिल्लो समय नेकपामा देखिएको विवादका बारेमा कानुनविद्हरुसँग छलफल गरेका छन् ।

सोमबार संसद भवन बानेश्वरमा बसेको कानुनविद्हरुसँगको छलफलले संसद विघटनका बारेमा स्पष्ट धाराणा बनाउन सुझाव दिएका छन् ।

कानुनी भन्दा पनि यो राजनीतिक प्रश्न हो भन्दै छलफलमा सहभागी बरिष्ठ अधिवक्ता दिनमणि पोखरेलले भने ‘‘संसद् विघटन भएको मान्ने कि नमान्ने भन्ने विषयमा पहिला तपाईँहरु प्रष्ट हुनुहोस् भनेर हामीले भनेका छौ’’।

छलफलमा कानुनविद्हरुले यस विषयमा सर्वदलिय धाराण बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !