१५ बैशाख २०८१, शनिबार

जनता समाजवादी पार्टीले पुस ८ गते विरोध प्रदर्शन गर्दै

प्रकाशित मिति :  21 December, 2020 4:10 pm


काठमाडाैं, ६ पुस । 

जनता समाजवादी पार्टीले प्रधानमन्त्ती केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेकाे विराेधमा देशभर विराेध प्रदर्शन गर्ने निर्णय गरेकाे छ ।

ओली सरकारले गरेकाे असंवैधानिक, अलाेकतान्त्रिक कदमका विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेकाे संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिएका छन् ।

देशका सबै जिल्लामा पुस ८ गते प्रदर्शन गर्ने निर्णय भएकाे उनले बताए । यस बाहेक थप संघर्षका कार्यक्रम तय गर्न पुस ७ गतेका लागि बैठक बाेलाइएकाे उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !