२१ बैशाख २०८१, शुक्रबार

संसद बैठक बाेलाउन दाहाल – नेपाल समुहकाे माग

प्रकाशित मिति :  21 December, 2020 5:25 pm


काठमाडाैैं, ६ पुस । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल र वरिष्ट नेता माधवकुमार नेपाल समुहकाे बानेश्वरमा भएकाे भेलाले संसद बैठक बाेलाउन माग गर्ने निर्णय गरेकाे छ ।

उक्त भेलाले प्रतिनिधीसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिकाे कदमलाई असंवैधानिक , अलाेकतान्त्रिक रहेकाे भन्दै यस निर्यणलाई अस्वीकार गरेकाे घाेषणा गरेका छन् ।

भेलामा उपस्थित प्रतिनिधीसभा तथा राष्ट्रिय सभाका सांसदहरु प्रतिनिधीसभा विघटनकाे कदमलाई अस्वीकार गर्दै संसदकाे नियमित अधिवेशन बाेलाउन माग गरेकाे हाे ।

भेलामा उपस्थित हस्ताक्षर संकलनमा विघटित प्रतिनिधीसभाका ९० जना र राष्ट्रियसभाका २४ जनाले हस्ताक्षर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !