२३ बैशाख २०८१, आइतबार

माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड–माधव नेपाल समुहको निर्णय

प्रकाशित मिति :  22 December, 2020 2:05 pm


काठमाडौं, ७ पुष ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटीले नेता माधव कुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।

मंगलबार बबरमहल स्थित कार्की ब्यांकेटमा बसेको प्रचण्ड माधव नेपाल समुहको स्थायी कमिटीले अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने तथा नेता नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

पुस ५ को स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई अनुशासनको कारवाही सिफारिस गरेको थियो। सोही अनुरुप कारवाहीको प्रस्ताव मंगलवारको केन्द्रीय कमिटी बैठकमा बहुमतले पारित भएको छ ।



प्रतिक्रिया दिनुहोस !