२३ बैशाख २०८१, आइतबार

पशुसेवा विभाग स्थापना दिवसमा ३ सय कृषक र सराेकारवाला सम्मानित (सूची सहित)

प्रकाशित मिति :  23 December, 2020 12:41 pm


काठमाडौं, ८ पुस ।

पशु सेवा विभागको स्थापना दिवसका अवसरमा करिव ३ सय जनालाई पुरस्कृत तथा सम्मानित गरिएको छ । बुधबार आयोजित कार्यक्रममा पशुपंक्षी उत्पादन तथा प्रवद्र्धनका क्षेत्रमा योगदान पु¥याउने पेशाकर्मी, किसान, उद्योी, संघसंस्था तथा व्यक्तिलाई पुस्कृत गरिएको हो ।

पुस्कृत हुनेमा ४२ जना कृषक तथा कृषि व्यवसायी छन् भने चार जना उद्योगी तथा चार जना स्वास्थ्यकर्मी छ । प्रदेशस्तरका चार कर्मचारी, स्थानीय सरकारका चार कर्मचारी, संघीय सरकारका १६ कर्मचारी र ७ स्थानीय तह उत्कृष्ट भइ पुरस्कृत भएका छन् ।

महिनावारी रुपमा रोग सम्बन्धी उत्कृष्ट सेवा प्रवाह गर्ने करिव २ सयभन्दा स्थानीयतह समेत सम्मानित भएका छन् ।
कार्यक्रममा पशुपन्छी सेवाका क्षेत्रमा उत्कृष्ठ काम गरी निवृत्त भएका पूर्वमहानिर्देशकहरु डा. मुक्ति नारायण श्रेष्ठ, डा. भोलामेहर श्रेष्ठ, सुवर्ण लाल श्रेष्ठ, स्व जुद्ध प्रसाद बज्राचार्य तथा पूर्व वरिष्ठ पशुसेवा चिकित्सक स्व डा नारायण प्रसाद बसेल लाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्की र डा. प्रेमनारायण कँडेल पशुपंक्षी क्षेत्रको सेवा प्रवाहमा चुस्तता ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । पशुसेवा विभागका महानिर्देशक डा. वशी शर्माले विभागको प्रभावकारीताका लागि सक्रिय रहने बताए ।

पुरस्कृत तथा सम्मानितकाे सूची



प्रतिक्रिया दिनुहोस !