२३ बैशाख २०८१, आइतबार

प्रचण्ड- माधव समूहले २८७ केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझायो

प्रकाशित मिति :  23 December, 2020 4:41 pm


काठमाडाैं, ८ पुस । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को  प्रचण्ड- माधव समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु बुधबार निर्वाचन आयोगमा बुझाएको छ ।

बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोलीले निर्वाचन आयोग पुगी प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट निश्कासन गरेको लगायतका निर्णयहरु पेश गरेको हो ।

नेता पाण्डेका अनुसार आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको छ । जसमध्ये २८७ जनाको हस्ताक्षर समावेश रहेकाे छ  ।

पाण्डेका अनुसार बाँकी ३ जना सदस्य काठमाडाैं उपत्यका बाहिर भएका कारण हस्ताक्षरमा समावेश नभएकाे जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !