६ जेष्ठ २०८१, आइतबार

सुनको मूल्यमा सामान्य वृद्धि

प्रकाशित मिति :  24 December, 2020 2:28 pm


काठमाण्डौं, ९ पुष ।

स्थानीय बजारमा छापावाला सुनको मूल्य सामान्य वृद्धि भएको छ । बिहीबार आज छापावाला सुन प्रतितोला १सयले बढेर प्रतितोला ९४ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला रु ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार २ सय ८० मा कारोवार भएको छ । बुधबार भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !