४ कार्तिक २०८३, मंगलबार

प्रतिनिधि सभा विघटन विरुद्ध १६५ निर्वाचन क्षेत्रमा केन्द्रित हुने कांग्रेसको निर्णय

प्रकाशित मिति :  25 December, 2020 6:05 pm


काठमाडौं, १० पुस ।

नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन विरुद्ध १६५ निर्वाचन क्षेत्रमा केन्द्रित हुने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा आज बसेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, आजको बैठकले पौष १३ गते सोमबार १६५ निर्वाचन क्षेत्रमा संसद विघटनका विरुद्धमा हुने प्रदर्शनमा सम्पूर्ण रुपले केन्द्रीत रहने निर्णय गर्‍यो ।

आजको बैठकमा केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाई र कल्पना चौधरीले आ–आफ्नो धारणा राखेका थिए । अर्को बैठक पुस १९ गते दिउँसो १ बजे बस्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस !