२१ बैशाख २०८१, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतम अझै खुलेनन्, एकताकै पक्षमा अडान

प्रकाशित मिति :  26 December, 2020 3:26 pm


काठमाडौं,११ पुस ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुँदापनि उक्त पार्टीका उपाध्यक्ष बामदेव गौतम अझै खुलेका छैनन् ।

लगभग सबै नेताहरुले आफ्नो कित्ता स्पष्ट गरिसकेपनि गौतम आफू अझै एकताको पक्षमा रहेको भन्दै कुनै पक्षको बैठकमा उपस्थित भएका छैनन् । उनलाई दुबै पक्षले फकाइरहेको छ । आज मात्रै नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा आउन आग्रह गरेका छन्। प्रचण्ड निवासमा आज भएको भेटमा प्रचण्डले गौतमलाई महत्वपूर्ण जिम्मेवारी लिन र आफूहरुसँग आउन आग्रह गरेका छन् ।

प्रचण्ड सचिवालय स्रोतका अनुसार गौतमलाई महत्वपूर्ण जिम्मेवारीसहित आउन आग्रह गरिएको थियो । तर गौतमले आफू अझै एकताको पक्षमा भएकाले कतै नजाने बताएका थिए । भोलिका दिनमा एकता, सहमति र सहकार्य हुने ठाउँ राख्दै आफ्नो गतिविधि गर्न गौतमले प्रचण्डलाई सुझाव दिएका थिए । पार्टी एकताको पक्षमा रहेको भन्दै उनी दुवै पक्षको बैठकमा पनि सहभागि भएका छैनन् । गौतमलाई ओली र प्रचण्ड-नेपाल समूहले आ-आफ्नो पक्षमा ल्याउन कसरत गरिरहेको  छ ।

 



प्रतिक्रिया दिनुहोस !