१२ श्रावण २०८१, शनिबार

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन हुँदा लुम्बिनी प्रदेशका जिल्ला अध्यक्ष र नेताहरु को कता ?

प्रकाशित मिति :  27 December, 2020 7:58 am


रुपन्देही,१२ पुस ।

प्रतिनिधि सभा विघटनसँगै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजित भएसँग नेता कार्यकताहरू आ आफ्नो समूहमा बाँडिएका छन् । ओली र प्रचण्ड नेपाल गुटमा विभाजित नेता कार्यकर्ताहरु तनातानमा समेत परेका छन् ।

लुम्बिनी प्रदेशमा समेत यसको प्रभाव तिब्र परेको छ । जिल्लामा नेता कार्यकर्ताहरुले आफ्नो समूह स्पष्ट पार्न विज्ञप्ति जारी गर्नेक्रम पनि चलिरहेको छ । लुम्बिनी प्रदेशमा केन्द्रमा समेत प्रभाव राख्ने नेताहरु भएकाले धेरैको ध्यान तानिएको छ । लुम्बिनी प्रदेशबाट वर्षमान पुन, शंकर पोख्रेल, विष्णु पौडेल, टोपबहादुर रायमाझी, घनश्याम भुसाल,कृष्णबहादुर महरा,प्रदीप ज्ञवाली, गोकर्ण विष्ट जस्ता प्रभावशाली नेताहरु छन् । उनीहरु विभाजित हुँदा त्यसको असर स्वत लुम्बिनी प्रदेशमा पर्छ ।

दुबै समूहले लुम्बिनी प्रदेशलाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास जारी राखेका छन् । पूर्व माओवादीको आधार क्षेत्रपनि लुम्बिनीमै पर्ने भएकाले लडाइँ पेचिलो भएको एक नेताले बनाए । रोल्पा,रुकुम पूर्वमा प्रहार गर्दा आफू हाबी हुन सक्ने ओली समूहको निष्कर्ष छ । ओली समूहका एक नेताले भने, “पूर्व एमालेकै आधारमा समस्या नहोला तर पूर्व माओवादीको क्षेत्रमा दबाव राख्न सकियो भने राम्रो सन्देश जाने हाम्रो आँकलन हो ।”

ओली समूहका महासचिव विष्णु पौडेलसँगै पूर्वमाओवादीका नेता टोपबहादुर रायमाझीपनि आएकाले लुम्बिनीमा ओली समूह केही हौसिएको छ । तर वर्षमान पुन,कृष्णबहादुर महरा, घनश्याम भुसालहरु भएकाले प्रचण्ड नेपाल समूहपनि तनावमा भने छैन । अहिलेसम्म लुम्बिनी प्रदेशमा विभाजित नेताहरु:

प्रचण्ड-नेपाल समूह

कृष्णबहादुर महरा(दाङ)
वर्षमान पुन(रोल्पा)
घनश्याम भुसाल(रुपन्देही)
गोकर्ण विष्ट(गुल्मी)
वेदुराम भुसाल(अर्घाखाची)
सोमप्रसाद पाण्डे (पाल्पा)
चक्रपाणि खनाल(कपिलवस्तु)
ओनसरी घर्ती (रोल्पा)
जयपुरी घर्ती(रोल्पा)
गणेशमान पुन(रुकुम पूर्व)
कमला रोका(रुकुम पूर्व)

ओली समूह
महामन्त्री विष्णु पौडेल(रुपन्देही )
मुख्यमन्त्री शंकर पोख्रेल(दाङ)
टोप वहादुर रायमाझी(अर्घाखाची)
प्रदिप ज्ञवाली(गुल्मी
दलबहादुर राना(पाल्पा
मणि थापा(प्यूठान)

लुम्बिनी प्रदेशबाटै प्रतिनिधित्व गर्ने उपाध्यक्ष बामदेव गौतम भने अझै खुल्न बाँकी छ । श्‍चिम नवलरासीवाट संघीय सरकारका सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी ओली समूहमा लागेका छन् ।

जिल्ला अध्यक्षहरुको अवस्था

लुम्बिनी प्रदेशका १२ अध्यक्षमध्ये ७ जिल्लाका अध्यक्ष ओली समूह र ५ जिल्लाका ओली समूहको पक्षमा छन् ।
रोल्पा : सुरेन्द्र घर्ती, प्रचण्ड -नेपाल समूह
रुकुम : ९पूर्व० मेघबहादुर श्रेष्ठ, प्रचण्ड-नेपाल समूह
प्यूठान : तुलसीराम शर्मा,प्रचण्ड -नेपाल समूह
नवलपरासी :(पश्चिम) भविश्वर तिवारी, प्रचण्ड -नेपाल समूह
दाङ : टीकाराम खड्का, प्रचण्ड -नेपाल समूह
बाँके : आईपी खरेल, प्रचण्ड-नेपाल समूह
बर्दिया : भवनकुमार थारु, प्रचण्ड-नेपाल समूह
रुपन्देही : शिवराज सुवेदी, ओली समूह
कपिलवस्तु : झविलाल पोख्रेल, ओली समूह
अर्घाखाँची : चेतनारायण आचार्य, ओली समूह
गुल्मी : मधुकृष्ण पन्त, ओली समूह
पाल्पा : नारायण आचार्य, ओली समूह

लुम्बिनी प्रदेशका नेकपा इन्चार्ज शंकर पोख्रेल ओली समूहमा छन् भने अध्यक्ष ओनसरी घर्ती प्रचण्ड नेपाल पक्षमा लागेकी छन् ।



प्रतिक्रिया दिनुहोस !