प्रहरीका ९ जना एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस
प्रकाशित मिति : 28 December, 2020 6:11 pm
![](https://i0.wp.com/www.lumbinisanchar.com/wp-content/uploads/2020/08/Nepal-police.jpeg?fit=1073%2C597&ssl=1)
काठमाडौं । नेपाल प्रहरीका ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
वरिष्ठ उपरीक्षक गणेश बहादुर ऐरलाई एक नम्बरमा डीआईजी बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।
एसएसपीहरु पुरुषोत्तम कँडेल, राजेश कुमार लाल कर्ण, डा. देव बहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल शाह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरिएको बढुवा समितिले जनाएको छ ।