१२ श्रावण २०८१, शनिबार

नेकपा अध्यक्ष प्रचण्ड र मसालका महामन्त्री मोहन विक्रम सिंहबीच भेट

प्रकाशित मिति :  31 December, 2020 6:08 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच भेटवार्ता भएको छ । राजनीतिक संकट गहिरिएका बेला प्रचण्डलाई भेट्न सिंह खुमलटार पुगेका हुन् ।

सिंह र प्रचण्डबीच कमै मात्रामा भेटघाट हुने गर्छ । यद्यपी प्रचण्डको सचिवालयले प्रचण्ड पत्नी सीताको अवस्थाबारे बुझ्न आएको र सोही क्रममा सिंहसँग राजनीतिक घटनाक्रमबारे छलफल भएको बताएको छ ।

प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमा ,”आदरणीय कमरेड मोहन विक्रम सिंह ममीको स्वास्थ्य अवस्था बुझ्न आऊनुभएको बेला कमरेड प्रचण्डसंग देशको राजनैतिक घटनाक्रम बारे छलफल गर्नुहुँदै ” भनेर उल्लेख गरेकी छन् ।

सिंह पछिल्लो समय मोहन वैद्य किरण र नेत्र विक्रम चन्द ‘विप्लव’सहित ४ दलले बनाएको संयुक्त रणनैतिक मोर्चाको विरोधमा उत्रिएका थिए । सिंहकी पत्नी दुर्गा पौडेल प्रतिनिधि सभा सदस्य थिइन् । पौडेलले तत्कालिन बाम मोर्चाको उमेद्वार बनेर प्यूठानबाट चुनाव जितेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !