६ जेष्ठ २०८१, आइतबार

प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य

प्रकाशित मिति :  4 January, 2021 1:00 pm


काठमाडौं । साताको कारोबारको पहिलो दिन स्थिर रहेको छापावाल सुनको मूल्य आज दोस्रो दिन भने उकालो लागेको छ ।

नेपाली बजारमा सोमबार छापावाला सुनको मुल्य ८ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ३ सय रुपैयाँ र तेजाबी सुन ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

त्यस्तै हिजो स्थिर रहेको चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !