२४ बैशाख २०८१, सोमबार

त्रिभुवन विमानस्थलबाट ५० राउण्ड गोली र पेस्तोलसहित एक जना पक्राउ

प्रकाशित मिति :  4 January, 2021 1:47 pm


काठमाडौं । त्रिभुवन विमानस्थलबाट हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार काठमाडौंबाट भद्रपुर जानलागेका वृजहाङ राईलाई विमानस्थल प्रहरीले चेकजाँचका क्रममा ५० राउण्ड गोली र ९ एमएमको पेस्तोल सहित पक्राउ गरेको विमानस्थल प्रहरीले जनाएको छ ।

उनी श्री एयरलाइन्सको विमान मार्फत भद्रपूर जान लागेका थिए ।



प्रतिक्रिया दिनुहोस !