६ जेष्ठ २०८१, आइतबार

सुनको मूल्य उकालो लाग्दै,मंगलबार कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति :  5 January, 2021 12:16 pm


काठमाडौं । नेपाली बजारमा छापावाल सुनको मूल्य उकालो लागेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेर तोलाको ९६ हजार ४ सय रुपैयाँ र तेजाबी सुन ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो सोमबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँल बढेर छापावाला सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंले जनाएको छ । सोमबार चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !