८ बैशाख २०८१, शनिबार

शिखर इन्स्योरेन्सद्धारा २९ प्रतिशत लाभांश घोषणा

प्रकाशित मिति :  5 January, 2021 12:54 pm


काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २७.७६९ प्रतिशत बोनस सेयर र १.४६२ प्रतिशत नगद लाभांश गरी कुल २९.२३१ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको हो ।

२०७७ असार मसान्तसम्म कायम चुक्तापुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँको कुल ३८ प्रतिशतले हुन आउने ४० करोड १७ लाख ७८ हजार २८ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा ३६.१ प्रतिशतले हुन आउने ३८ करोड १६ लाख ८९ हजार १२७ रुपैयाँबराबरको बोनस सेयर र १.९ प्रतिशतले हुन आउने २ करोड ८८ हजार ९०१ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन् ।

प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण गरिने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !