१२ श्रावण २०८१, शनिबार

विश्वको तेस्रो ठूलो चामल निर्यातकर्ता भियतनाम भारतबाट आयात गर्न सुरु, आन्तरिक बजारमा समस्या

प्रकाशित मिति :  6 January, 2021 8:30 am


काठमाडौं । भियतनामले पहिलो पटक भारतबाट चामल आयात गरेको छ । अन्तराष्ट्रिय चामल व्यापारमा भारतको प्रतिद्धन्द्धी मानिएको भियतनामले भारतबाटै पहिलो पटक चामल आयात गरेको हो ।

भियतनाम विश्वको तेस्रो ठूलो चामल निर्यातकर्ता हो तर स्थानीय बजारमा पछिल्लो ९ वर्षमा चामलको मूल्य अत्यधिक बढेको छ । घरेलू बजारमा चामल आपूर्ति कम भएपछि भारतबाट आयात गर्नुपरेको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार भियतनामले नै चामल खरिद गरेपछि एशियामा यसको असर पर्ने छ । यस बर्ष चामलको भाउ थप बढ्न सक्ने छ । साथै भियतनाम तथा थाइल्याण्डबाट परम्परागत रुपमा चामल खरिद गर्ने देशहरु भारतमा भर पर्ने अनुमान गर्न थालिएको छ । भारत विश्वको धेरै चामल निर्यातकर्ता मुलुक हो ।

चामल उद्योग क्षेत्रका अधिकारीहरुका अनुसार भारतीय ब्यापारीहरुलाई ७०,००० हजार टन चामलको अर्डर आएको छ । चामल निर्यातकर्ता संघ अध्यक्ष कृष्णरावले भनेका छन्, “हामी पहिलो पटक भियतनाम निर्यात गरिरहेका छौं। भारतमा चामलको मुल्य एकदमी सस्तो छ । यो सम्भव हुनुको कारण मूल्यमा ठूलो अन्तर हो ।”



प्रतिक्रिया दिनुहोस !