८ बैशाख २०८१, शनिबार

उकालो लाग्दै सु्नको मुल्य, ३ दिनमै २२०० रुपैयाँले बढ्यो

प्रकाशित मिति :  6 January, 2021 1:03 pm


काठमाडौं । केही दिनयता लगातार उकालो लागेको सुनचाँदीको मुल्य आज पनि बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर तोलाको ९६ हजार ७ सय रुपैयाँ र तेजाबी सुन ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो मंगलबार पनि सुनको भाउ तोलामा ११ सय रुपैयाँल बढेर छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !