१२ श्रावण २०८१, शनिबार

खानेपानी मन्त्री मणी थापालाई जाजरकोटमा कालो झण्डा देखाइयो

प्रकाशित मिति :  6 January, 2021 1:55 pm


काठमाडौं । जाजरकोटमा खानेपानी मन्त्री मणी थापालाई प्रचण्ड नेपाल समूहको विद्यार्थी संगठनले कालो झण्डा देखाएका छन् ।

अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले जाजरकोटको भेरी नगरपालिका वडा नं ४ स्थित बोहोरा भन्ने ठाउँमा थापालाई कालो झण्डा देखाएका हुन् । अनेरास्ववियूले हिजो दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने कार्यक्रम पनि तय गरेको थियो ।

त्यसै अन्तर्गत थापालाई आज विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजनपछि थापा ओली समूहमा लागेका थिए । पूर्वमाओवादी पृष्ठभूमिका थापा ओलीलाई साथ दिए लगत्तै खानेपानी मन्त्री बनेका थिए । उनी ओली समूहको कर्णाली प्रदेशको इन्चार्जपनि हुन् ।



प्रतिक्रिया दिनुहोस !