२१ बैशाख २०८१, शुक्रबार

बुधबार नेप्से परिसुचक दोहोरो अंकले बढ्यो

प्रकाशित मिति :  6 January, 2021 4:07 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से दोहोरो अंकले वृद्धि भएको छ । बुधबार परिसुचक १३.०७ अंकले बढेर २१७८.५७ विन्दुमा पुगेको छ ।
त्यस्तै सेन्सेटिभ परिसुचक भने ४.४७ अंकले बढेर ४१८.१४ अंकमा पुगेर रोकिएको छ ।

नेप्समा अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये १० वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी २ उपसमुहको सेयर घटेको छ ।

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ११२.६६ अंकले उकालो लागेको छ। लघुवित्त समूह ५६.३१ अंकले बढेको आज बैंकिङ समूहमा ११.८ अंक, होटेल्स् समूहमा ०.८५ अंक, विकास बैंक समूहमा २२.९५ अंक, वित्त समूहमा ३.६ अंक, उत्पादन तथा प्रशोधन समूहमा ३०.६ अंक, अन्य समूहमा ६.३३ अंक, लघुविवत्त समूहमा ५६.३१ अंक, जीवन बीमा समूहमा २४.८३ अंक र म्युचुअल फन्ड समूहमा ०.०९ अंकको बढोत्तरी भएको छ।

आज व्यापार समूहमा २०.९९ अंक र जलविद्युत् समूहमा १२.८ अंकको गिरावट आएको छ। त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले २१ करोड ३३ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।

कुल २ सय छ वटा कम्पनीको १ करोड ५ लाख ३५ हजार २ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४२ करोड ५४ लाख ७२ हजार ३ सय ३९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !