१७ बैशाख २०८१, सोमबार

अमेरिकाको संसद भवन दङ्गामा घाइते प्रहरी अधिकारीको मृत्यु, मृतककाे संख्या पाँच पुग्याे

प्रकाशित मिति :  8 January, 2021 2:03 pm


काठमाडौ ।

अमेरिकाको संसद भवन क्यापिटोलमा भएकाे दङ्गामा घाइते एक प्रहरी अधिकारीकाे मृत्यु भएकाे छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरू बलजफ्ती भित्र प्रवेश गरी कब्जा लिन खोज्दा भएकाे झडपका क्रममा घाइते प्रहरी अधिकारीको मृत्यु भएको हाे ।

प्रहरीअधिकारीको मृत्यु सँगै संसद भवन दङ्गाका कारण मृत्यु हुनेकाे संख्या पाँच पुगेकाे छ। क्यापिटोल प्रहरीले जनाए अनुसार पाँचौ मृत्यु हुनेमा प्रहरी अधिकारी ब्रायन डी सिकनिक हुन् ।

ट्रम्प समर्थकहरूले संसद भवन छिर्दा भौतिकरूपमा संलग्न भएकाले घाइते भएका थिए । घाइते भइ निधन भएका प्रहरी अधिकारी सिकनिक कस्तो किसिमको घाइते भएका थिए त्यो अझ स्पस्ट हुन नसकेको अन्तर्राष्ट्रियसञ्चार संस्थाहरूले जनाएका छन् ।

महानगरीय प्रहरी विभागका अनुसार केही प्रहरी घाइते भइ उपचारमा रहेका छन् । अमेरिकी संसद भवन भित्र भएकाे बुधबारकाे घटना २ सय ६ यताकाे ठूलाे घटना हाे ।

ट्रम्पका समर्थकले गरेको तोडफोडपछि भएको हिंसामा मृतकको संख्या ४ पुग्यो,अवरुद्ध संसद सुरु



प्रतिक्रिया दिनुहोस !