२२ बैशाख २०८१, शनिबार

कालीमाटी तरकारी किन्दा डिजिटल भुक्तानी गर्न मिल्ने, प्रभु बैंकको सहकार्य क्युआर कोड भुक्तानी सुरु

प्रकाशित मिति :  8 January, 2021 6:03 pm


काठमाडौं ।

मुलुककै ठूलो कालीमाटी तरकारी बजारमा तरकारी किन्दा डिजिटल भुक्तानी गर्न सकिने भएको छ । प्रमु बैंकले फोन पेसँगको सहकार्यमा क्युआर कोडबाट रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको हो ।

शुक्रबारका दिन कालिमाटी फलफूल तथा तरकारी बजारमा आयोजित कार्यक्रम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलपूmल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको समुद्घाटन गरेका हुन् ।

कार्यक्रम गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम् प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको सन्दर्भ जोड्नु हुँदै प्रभु बैंक र फोन पे को संयुक्त पहलमा फलफूल तथा तरकारी बजारमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नु पर्ने झण्झट हटेकोे बताए ।

कार्यक्रममा आफ्नाे मन्तव्य राख्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै ग्राहकहरुलाई समय सापेक्ष नविनतम् बैंकिङ्ग सेवा प्रवाहमा कटिबद्ध रहेको बताए ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले प्रभु बैंकको विश्वसनीय एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरिरहेका हामी कृषक तथा कृषिजन्य उपजहरु खरिद विक्रीमा सहभागी व्यवसायी तथा उपभोक्ताहरुले अब क्यू आर कोड सेवाबाट अझै सहज रुपमा झण्झटमुक्त कारोबार गर्न पाउँदा हामी विचको कारोबारमा पारदर्शिता र सम्बन्धमा आत्मियता बढेको बताए ।

डिजिटल बैंकिङ्ग सेवा उपभोग गरी कालिमाटी फलफूल तथा तरकारी बजारमा आर्थिक कारोबार गर्ने कृषक, कृषिजन्य उपजसँग सम्बन्धित व्यापारी, व्यवसायी, उपभोक्ता तथा ग्राहकहरुले अधिकतम् लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।



प्रतिक्रिया दिनुहोस !