६ जेष्ठ २०८१, आइतबार

ओरालो लागेको सुनको मूल्य आज प्रतितोला कतिमा झर्यो ?

प्रकाशित मिति :  11 January, 2021 12:48 pm


काठमाण्डौ । साताको पहिलो दिनबाट ओरालो लागेको छापावाला सुनको मूल्य दोस्रो दिन आज पनि ओरालो लागेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो आइतबार सुनको मूल्य एकैदिन २३०० रुपैयाँले घटेर प्रतितोला छापावाला सुन ९३ हजार रुपैयाँ र तेजाबी सुन ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा ४० रुपैयाँले घटेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो आइतबार पनि चाँदीको भाउ तोलामै ६० रुपैयाँ घटेर प्रतितोला १ हजार ७० रुपैयाँमा कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !