२३ बैशाख २०८१, आइतबार

राष्ट्रबैंकले लघुवित्तहरुसँग माग्यो पुर्नकर्जाका लागि आवेदन

प्रकाशित मिति :  11 January, 2021 2:25 pm


काठमाडौं । राष्ट्रबैंकले ‘घ’ वर्गका लघुवित्तहरुलाई एकमुष्टरुपमा प्रदान गरिने पुनर्कर्जाका लागि आवेदन माग गरेको छ ।

नेपाल राष्ट्र बैंकले आज सोमबार पुस २७ गतेदेखि पुनर्कर्जा कार्यविधि, २०७७ अन्तर्गत लघुवित्त वित्तीय संस्थाहरुसँग पुनर्कर्जाका लागि आवेदन माग गरेको हो । पुनर्कर्जाका लागि लघुवित्त कम्पनीहरुले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक वित्तीय विवरण अनुसार कायम पुँजीकोषको ६५ प्रतिशतसम्मको लागि पुनर्कर्जा प्राप्त गर्न सक्ने छन्।
राष्ट्र बैंकले भने अनुसारको चुक्ता पुँजी र पुँजी कोष अनुपात कायम गरेका लघुवित्तहरुले मात्र पुनर्कर्जामा आवेदन दिन पाउनेछन् ।

कम्पनीहरुले आफ्नो कार्यक्षेत्र भन्दा बाहिर कर्जा प्रवाह नगरेको हुनुपर्नेछ । विगत तीन वर्षभित्र संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु तथा कार्यकारी प्रमुखलाई कारबाही नभएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

साथै विगत एक वर्षमा राष्ट बैंकबाट सिघ्र सुधारात्मक लगायत कुनै पनि कारबाहीमा नपरेको हुनुपर्नेछ । पुनर्कर्जा प्राप्त गर्ने संस्थाले प्राप्त श्रोतको आधारमा सम्पुर्ण ऋणीको व्याजदर कम हुने गरी ब्याजदरमा समायोजन हुनुपर्नेछ।

रितपूर्वक पेस नभएका र समयमै दर्ता नभएका आवेदनलाई स्वीकार नगरिने पनि राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !