२० बैशाख २०८१, बिहिबार

सिभिल लघुवित्तको दोस्रो बजारमा कारोबार रोक्का

प्रकाशित मिति :  13 January, 2021 1:24 pm


काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिभिल लघुवित्तको धितोपत्र दोस्रो बजारमा कारोबार रोक्का गरेको छ ।  मंगलबार एक सुचना जारी गर्दै नेप्लघुवित्तको कारोबार रोक्का गर्नुका साथै स्पष्टिकरण माग गरिएको बताएको छ ।

कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितीको बैठकले गत बर्षको मुनाफाबाट आफ्ना साविकका सेयरधनीहरुलाई ३.५ प्रतिशत बोनश सेयर र ०.१८ल प्रतिशत नगद लाभांश वितरणको प्रस्तापवको निर्णय पुस २८ गते दिउसो ११ः५० बजे कारोबार चलिरहेको समयमा नेप्सेका इमेल मार्फत जानकारी गराएकाले स्पष्टिकरण सहित कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

धितोपत्र विनियमावली,२०७५ को विनियम २२ढ(१)(घ) मा भएको व्यवस्था भएअनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना,जानकारी तथा निर्णय र्सिजना भएमा सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि त्यस्तो सूचना, जानकारी वा निर्णय पेस गर्नु पर्ने व्यवस्था भएकोमा कम्पनीले तयस अनुसार नगरेकाले कम्पनीको धितोपत्र दोस्रो बजार कारोबार रोक्का गर्नुका साथै ३ दिन भित्र यसो गर्नुको कारण खुलाई स्पष्टिकरण पेस गर्न भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !