१३ माघ २०७७, मंगलवार

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडद्धारा लाभाशं घोषणा

प्रकाशित मिति :  २९ पुष २०७७, बुधबार १३:४१


काठमाडौं ।  ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७६ ०७७ को मुनाफाबाट सेयरधनीहरुलाई लाभाशं घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको पुस २८ गते मंगलबार बसेको बैठकले आर्थिक वर्षको वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबापत रहेको रकमबाट चुक्तापुँजी ५० करोड रुपयाँको कुल ५.१० प्रतिशतले हुन आउने लाभाशं वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांशमा ४.८४५ प्रतिशतले हुन आउने २ करोड ४२ लाख २५ हजार रुपैयाँबराबरको बोनस सेयर र ०.२५५ प्रतिशतले हुन आउने १२ करोड ७५ हजार रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !