‘तरकारी जोन’ चितवनका तत्कालीन प्रमुख सहित ३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
प्रकाशित मिति : 13 January, 2021 5:26 pm
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई ‘तरकारी जोन’ चितवनका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेसमेत ३ जना विरुद्ध भ्रष्टारको आरोपमा मुद्दा दायर गरेको छ ।
घिमिरेसहित जोन सञ्चालक समितिका अध्यक्ष बालिका कुमारी गिरी र नारायणी एग्रो कम्पनी, जगतपुर चितवनका संस्थापक सदस्य गोपीनाथ भुसाल उपर रु. ४,१२,४७४.३७ कायम गरी गैरकानूनी लाभ तथा हानी सम्बन्धी आरोप(पत्र दायर आज आज विशेष अदालतमा गरिएको अख्तियारका सहप्रवक्ता गणेशबहादुर अधिकारीले जनाएका छन् ।








