२५ बैशाख २०८१, मंगलबार

ओरालो लाग्दै सुनको मूल्य

प्रकाशित मिति :  18 January, 2021 1:01 pm


काठमाडौं । केही दिनयता नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । सोमबार बजारमा छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार १सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो आइतबार छापावाला सुन प्रतितोला ७ सयले घटेर ९१ हजार ८ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य स्थिर रहँदै प्रतितोलाको १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ प्रतितोलामा ३० रुपैयाँ ओरालो लाग्दै १ हजार २सय३० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !