२४ बैशाख २०८१, सोमबार

स्वाभिमान लघुवित्तद्धारा २१.५ प्रतिशत लाभाशं दिने घोषणा

प्रकाशित मिति :  18 January, 2021 1:30 pm


काठमाडौं ।  स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभाशं घोषणा गरेको छ । कम्पनीले शेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभाशं दिने घोषणा गरेको हो ।

हिजो माघ ४ गते आइतबार कम्पनीको संचालक समितिको बैठकले चुक्तापुँजी ७ करोड ६७ लाख ७ हजार ६सय ४० रुपैयाँको कुल २१.०५ प्रतिशतले हुन आउने १ करोड ६१ लाख ४९ हजार ८५२.६३ रुपैयाँबराबरको लाभांश शेयरधनीलाई दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने १ करोड ५३ लाख ४२ हजार ३६० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशतले हुन आउने ८ लाख ७ हजार ४९२.६३ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

कम्पनीको प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिने छ ।



प्रतिक्रिया दिनुहोस !