१५ बैशाख २०८१, शनिबार

मंगलबार सुनको मूल्य प्रतितोला ४ सयले बढ्यो

प्रकाशित मिति :  19 January, 2021 12:10 pm


काठमाडौं । केही दिनयता नेपाली बजारमा ओरालो लागेको सुनको मूल्य आज बढेको छ । मंगलबार बजारमा छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँ र तेजाबी सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो आइतबार छापावाला सुन प्रतितोला २ सयले घटेर ९१ हजार ६ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य स्थिर रहँदै १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !