१३ बैशाख २०८१, बिहिबार

संघीय राजधानी उपत्यका बाहिर सार्न पूर्वप्रधानमन्त्री भट्टराईको प्रस्ताव

प्रकाशित मिति :  19 January, 2021 12:12 pm


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय राजधानी उपत्यका बाहिर सार्न प्रस्ताव गरेका छन् ।

आज सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले उपत्यका त केही दशकमा कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने भयो भन्दै राजधानी बाहिर सार्न सुझाव दिएका हुन् ।

उनले भनेका छन्,विकास र संरक्षण बीचको अन्तरसम्बन्ध बुझ्न र सन्तुलन कायम गर्न नसक्दा र क्रोनी क्यापिटालिज्मका मुख्य खलपात्र भूमाफियालाई छाडा छोड्दा काठमाण्डौ उपत्यका त केही दशकमा कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने भयो ! तुरून्त राष्ट्रिय भूउपयोग नीति लागू गरौं ! संघीय राजधानी काठमाण्डौ बाहिर सारौं !  पुरातत्व विभागले काठमाडौंको कमल पोखरी संरक्षणका विषयमा निकालेको विज्ञप्तिमा टिप्पणी गर्दै भट्टराईले संघीय राजधानी सार्नुपर्ने धारणा राखेका हुन् ।

पुरातत्व विभागले काठमाडौं महानगरपालिकालाई पत्र लेख्दै कमलपोखरी संरक्षणको कार्यलाई अगाडि बढाउँदा कमलपोखरी ऐतिहासिक,सांस्कृतिक र पर्यावरणीय वातावरणमा प्रतिकुल असर नपर्ने गरी परम्परागत निर्माण सामाग्री प्रयाग गर्न भनेको छ ।



प्रतिक्रिया दिनुहोस !