१३ बैशाख २०८१, बिहिबार

कृषि क्षेत्रमा बैदेशिक लगानी भित्राउने निर्णयको विरोधमा प्रदेश-१ का मुख्य मन्त्रीलाई ज्ञापन पत्र

प्रकाशित मिति :  19 January, 2021 1:23 pm


काठमाडौं । सरकारले कृषि क्षेत्रमा बैदेशिक लगानी भित्राउने निर्णय गरेको विरोधमा प्रदेश-१ का मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।

नेपाल डेरी एशोसिएसनका केन्द्रीय उपाध्यक्ष राजन चिमरिया, महासचिव प्रल्हाद दाहाल, केन्द्रीय सदस्य रामभक्त दाहाल एवं डम्मरा गौतम र मौरी व्यवसायी संघ तथा अन्य डेरी उद्योगीहरु सहितको टोलीले मूख्य मन्त्री शेरधन राई र कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयमा आत्मनिर्भर उन्मुख क्षेत्रमा विदेशी लगानी नल्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको   हो ।

नेपालमा स्थापित कृषि क्षेत्र सक्षम हुदाहुदै स्वदेशी लगानीलाई प्रभाव पार्ने गरी मन्त्रीपरिषदको निर्णयबाट कृषि क्षेत्रमा सर्त सहित डेरी उद्योग, पशुपंक्षीपालन, माहुरीपालन, माछापालन, फलफुल तरकारी आदी र कृषिका प्राथामिक उत्पादन संग सम्बन्धित व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी नल्याउन ज्ञापन पत्रमा भनिएको छ ।

नेपालमा माहुरीपालनमा ४ अर्व, माछापालनमा करीव ११ अर्व, डेरी उद्योगमा ३० अर्व दाना तथा कुखुरापालनमा ४० अर्व गरी कुल ८५ अर्वको लगानी भई करीव १५ लाख भन्दा वढि कृषक तथा श्रमिकहरुमा रोजगारी श्रृर्जना भइरहेको ज्ञापन पत्रमा जानकारी गराईएको छ ।

यसरी नीजि क्षेत्रको अर्बौ लगानी भएको अवस्थामा प्रमुख सरोकारवालासंग कुनै सर–सल्लाह विना राष्ट्र र किसानको हित विपरित अपारदर्शी रुपमा गरिएको निर्णयले राष्ट्रको अर्थतन्त्रमा गम्भीर दीर्घकालिन असर पर्ने देखिने उनीहरुको दाबी छ ।

ज्ञापनपत्रमा भनिएको छ, “कृषिको प्राथामिक तहमा कुनै पनि शर्तमा वैदेशिक लगानी आउदा ठूलो जनसंख्याको आर्यश्रोत गुम्ने खतरा भएकोले डेरी लगायत कृषिमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउने निर्णय अविलम्ब फिर्ता लिन नेपाल सरकार समक्ष जोडदार आग्रह गर्दछौँ ।”



प्रतिक्रिया दिनुहोस !