११ बैशाख २०८१, मंगलबार

निर्वाचन आयोगले पार्टीबारे निर्णय गर्न ढिलाइ गरेर बेठिक गरिरहेको छ : नेता पुन

प्रकाशित मिति :  19 January, 2021 3:38 pm


कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका स्थायी कमिटी सदस्य वर्षमा पुनले पार्टीको आधिकारिकताबारे निर्णय गर्न निर्वाचन आयोगले ढिलाई गरेको भन्दै आपत्ति जनाएका छन् ।

कपिलवस्तुमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पुनले सबै हिसाबले आफूहरु नै आधिकारिक पार्टी भएपनि निर्वाचन आयोगले निर्णय गर्न ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाए । संवैधानिक निकायले काम ढिलो गर्न नहुने उनको जोड थियो ।

उनले भने,” निर्वाचन आयोगले ढिलाइ गरिराखेको छ, यो बेठिक भइराखेको छ । संवैधानिक निकायले यसरी ढिलाइ गर्न मिल्दैन ।”

निर्वाचन आयोगमा भएको रेकर्ड अनुसार आफूहरु नै आधिकारिक पार्टी भएको स्पष्ट भएको दाबी गर्दै नेता पुनले प्रधानमन्त्री ओलीले आयोगलाई धम्काइरहेको दाबी गरे ।

उनले भने,”प्रधानमन्त्री ओलीले हामीले जित्छौं भनेर हिँड्नु भाको छ, विभिन्न निकायलाई धम्की दिनु भएको छ । त्यो संभव छैन र निर्वाचन आयोगले कानुन,विधि र प्रकृया अनुसार निर्णय गर्नुपर्छ र हामीले जित्छौं । यस अर्थमा आधिकारिक पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हामी नै हौं,संस्थापक हामी हौं, चुनाव चिन्ह हाम्रो हो, यो हाम्रो हुन्छ ।”

उनले नेता पुनले अहिले दोस्रो चरणको आन्दोलन चलिरहेको भन्दै यसबाटपनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कदम नसच्याए आम हडतालचिर जाने चेतावनी दिए ।

उनले दोस्रो चरणको आन्दोलन अन्तर्गत ठूला ठूला आमसभाहरु हुने तर यसबाट पनि सुनुवाई नभए आमहडतालतिर जाने बताए ।

उनले भने, “यति गर्दापनि प्रधानमन्त्रीले आफ्नो कदम सच्याउने कोशिस भएन र जनताको आवाजको सुनुवाई भएन भने तेस्रो चरणको आन्दालनमा जान्छौं र त्यो आमहडतालतिर जान्छ । हामी यसबाट प्रधानमन्त्रीको निरङ्कुश कदमलाई अस्तव्यस्त बनाइदिन्छौं ।”



प्रतिक्रिया दिनुहोस !