१५ बैशाख २०८१, शनिबार

ओलीले राजतन्त्र पुर्नस्थापित गर्ने प्रकृयाको सुरुवात गरे : प्रचण्ड

प्रकाशित मिति :  19 January, 2021 5:19 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले राजतन्त्र पुर्नस्थापित गर्ने प्रकृयाको सुरुवात गरेको आरोप लगाएका छन् ।

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी ओलीको भाषामा राजा महाराजाको भाषामा ठूलो दुर्गन्ध आउने गरेको टिप्पणी गरे ।

उनले भने,”प्रतिनिधि सभा विघटनको भाषामा राजाकै भाषा ह्वास्सै गन्हाएको छ । केपीको भाषामा ठूलो दुर्गन्ध राजा महाराजाको दुर्गन्ध आउने गरेको छ । राजतन्त्र पुर्नस्थापित गर्न,निरङ्तन्त्रमा देशलाई धकेल्ने,अराजकताको भूमरीमा देशलाई लैजाने प्रकृयाको जो सुरुवात भएको छ यसलाई हरहलतमा रोक्नुपर्छ ।”

उनले ओलीको हातमा अब केही पनि नरहेको र ओलीले हारिसकेको बताए । उनले भने, “जब केपीले प्रतिनिधि सभा विघटन गर्न सिफारिस गरे तब सबै कुरा उनको हातबाट फुत्कियो । अब चिज अन्तै छ । अब जनअदालतबाटै सबै फैसला हुन्छ ।”



प्रतिक्रिया दिनुहोस !