१४ बैशाख २०८१, शुक्रबार

पाकिस्तानको माउण्ट केटूमा नेपाली आरोहीले विश्व रेकर्ड कायम गर्दाको क्षण (फोटो फिचर)

प्रकाशित मिति :  20 January, 2021 1:18 pm


  फोटो: निर्मल पुर्जामगर

काठमाडौं । ८ हजार मिटर अग्ला संसारका १४ हिमालमध्ये १३ वटाको हिउँदमा आरोहण भइसकेको थियो ।

तर संसारको दोस्रो अग्लो चुचुरो पाकिस्तानको माउन्ट केटूमा आरोहीहरू विभिन्न प्रयासका बाबजुद हिउँदको सिजनमा आरोहण गर्न सकेका थिएनन् । ८६११ मिटर अग्लो यो हिमालको गत शनिबार पहिलो पटक दश जना नेपाली आरोहीले सफलतापूर्वक आरोण गरेर विश्व किर्तिमान कायम गरेका छन् ।

सेभेन समिट ट्रेक्स प्रा.लि., इम्याजिन नेपाल र कीर्तिमानी आरोही निर्मल पुर्जामगरको नेतृत्वमा रहेको तीन वटा छुट्टा छुट्टै समूहले संयुक्त टोली बनाई आरोहण गरेका हुन् । आरोहणका लागि पाकिस्तान पुगेको एक महिना भन्दा कम समयमै ५६ जना आरोहीमध्ये दश जनाले शनिबार बेलुकी ४ बजेर ५८ मिनेटमा केटुको शिखरमा पुग्न सफल भएका थिए ।

चुचुरोमा पुग्नुभन्दा दश मिटर तल एकसाथ जम्मा भएका आरोहीहरूले नेपाली राष्ट्रिय गीत बजाउदै शिखरमा पुगेका थिए । शिखरमा पुगेर सामूहिक रुपमा आरोहण गरेको सन्देश दिएका थिए ।

शिखरमा पुगेका उनीहरुले राष्ट्रिय झण्डा फहराएका थिए ।

केटू आरोहणका क्रममा आरोही निर्मल पुर्जामगर । फोटो : निर्मल पुर्जामगर
केटू शिखरमा सेभेट समिट ट्रेक्सको झण्डा फहराउँदै आरोही सोना शेर्पा । फोटोः सेभेन समिट ट्रेक्स प्रा.लि.
ड्रोनबाट खिचिएको केटू आधार शिविर । फोटोः सेभेन समिट ट्रेक्स प्रा.लि.

ड्रोनबाट खिचिएको केटू आधार शिविर । फोटोः सेभेन समिट ट्रेक्स प्रा.लि.,

केटू शिखरमा पुगिसकेपछि पहिलोपटक आधार शिविर फर्किएका आरोही सोना शेर्पा र ग्याल्जी शेर्पा सेभेन समिटका छाङ दावा शेर्पाको साथमा । फोटोः सेभेन समिट ट्रेक्स प्रा.लि.
आधार शिविरमा भेला भएका आरोही शेर्पा र विदेशी आरोहीहरू । फोटोः सेभेन समिट ट्रेक्स प्रा.लि.



प्रतिक्रिया दिनुहोस !