७ बैशाख २०८१, शुक्रबार
इन्स्योरेन्स

दोहोरो अंकले बढ्यो नेप्से, नेपाल लाईफ इन्स्योरेन्सको सर्वाधिक कारोबार

प्रकाशित मिति :  20 January, 2021 4:14 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से दोहोरो अंकले बढेको छ । बुधबार कारोबार सुरु भएदेखि ने उतारचढाव आएको बजार कारोबार बन्द हुँदा दोहोरो अंकले बढेको हो । आज नेप्से परिसूचक १५.८७ अंकले बढेर २३४२.७६ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.१८ अंकले बढेर ४४३ अंकमा पुगेको छ ।

नेप्सेमा आज कूल १२ उपसमूहमध्ये ७ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी ६ वटा उपसमुहको सेयर घटेको छ ।

आज जीवन बीमा समूह सर्वाधिक ७२९.३७ अंकले उकालो लागेको छ । निर्जीवन बीमा समूहमा १८५.९८ अंकले बढेको आज विकास बैंक समूहमा २.०१ अंक, वित्त समूहमा ४५.९६ अंक, जलविद्युत् समूहमा ५३.५९ अंक, लघुवित्त समूहमा २९.१९ अंक र म्युचुअल फन्ड समूहमा ०.०२ अंंकले बढेको छ ।
आज उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ६२.९४ अंकले ओरालो लागेको छ । होटेल्स् समूह २२.७७ अंकले घटेको यो दिन बैंकिङ समूहमा २.४३ अंक, अन्य समूहमा ११.७७ अंक र व्यापार समूह ८.९२ अंकले घटेको छ ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ६१ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।

नेप्सेमा बुधबार कुल २ सय ११ वटा कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँ बराबरको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !