१२ बैशाख २०८१, बुधबार

प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली कांग्रेसको देशभर वडा स्तरीय प्रदर्शन

प्रकाशित मिति :  21 January, 2021 9:23 am


काठमाडौंको कलंकीमा वडा स्तरीय प्रर्दशनका लागि भेला हुँदै गरेका नेपाली कांग्रेसका नेता कार्यकर्ता । फोटो: लुम्बिनी सञ्चार

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन विरुद्ध आज देशभर वडा स्तरीय प्रदर्शन गर्दै छ । प्रर्दशनका लागि नेपाली कांग्रेसका नेता कार्यकर्ताले बिहानैदेखि तयारी थालेका छन् ।

नेपाली कांग्रेसले केन्द्रीय योजना अनुसार आज ६,७४३ वडाहरुमा विरोध प्रदर्शन हुन लागेको जनाएको छ ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरेको थियो ।

त्यसकै निरन्तरतामा आज वडा स्तरीय प्रदर्शन गर्न लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रर्दशनमा सहभागि हुन अपिल गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमत छ ।

पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।



प्रतिक्रिया दिनुहोस !