६ बैशाख २०८१, बिहिबार

प्रचण्ड-नेपाल समूहले पूर्वी रोल्पाको सुलिचौरमा वृहत कार्यकर्ता भेला गर्दै

प्रकाशित मिति :  21 January, 2021 9:38 am


रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आज पूर्वी रोल्पाको मुख्य बजार सुलिचौरमा  वृहत कार्यकर्ता भेला गर्दैछ ।

पुस ५ गते प्रतिनिधि सभा विघटनपछि प्रचण्ड नेपाल समूहले रोल्पाको लिवाङमा एक पटक जनसभा गरिसकेको छ । आजको भेलालाई पूर्वसभामुख तथा स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा, स्थायी कमिटी सदस्य वर्षमान पुन र केन्द्रीय सदस्य ठाकुर गैरे लगायतका नेताले सम्बोधन गर्ने छन् ।

सुलिचौरको बसपार्कमा हुने भेलाको लागि सम्पूर्ण तयारी पुरा भएको नेकपा रोल्पाले जनाएको छ । उक्त समूहले भोली पश्चिम रोल्पाको घर्तीगाउँ वृहत कार्यकर्ता भेला कार्यक्रम तय गरेको छ । पार्टी विभाजनपछि दुबै समूह रोल्पामा आक्रमक देखिएको छ ।

प्रचण्ड-नेपाल समूहले जनसभाहरु गरिरहँदा ओली समूहले २ महिनो अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि सुलिचौरमै ओली समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको उपस्थितिमा कार्यकर्ता भेला सम्पन्न गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !