१४ बैशाख २०८१, शुक्रबार

उकालो लाग्दै सुनको मूल्य, प्रतितोला ६ सयले बढ्यो

प्रकाशित मिति :  21 January, 2021 1:08 pm


काठमाडौं । केही दिनयता नेपाली बजारमा ओरालो लागेको सुनको मूल्य आज बढेको छ । बुधबार बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो मंगलबार छापावाला सुन प्रतितोला ५ सयले बढेर ९२ हजार रुपैयाँ ५ सय र तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !