१२ बैशाख २०८१, बुधबार

विप्लव नेतृत्व नेकपाका मोरङ जिल्ला इन्चार्ज पक्राउ

प्रकाशित मिति :  21 January, 2021 1:11 pm


मोरङ । विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पाटीका मोरङ जिल्ला ईन्चार्ज पक्राउ परेका छन् ।

हिजो दिउँसो २ बजे मोरङ बुढीगंगा गाउँपालिका-४ बाट संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेका ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिक पक्राउ गरेर प्रहरीले आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले बिक मोरङ जिल्लाका उद्योगी व्यवसायीहरुलाई धम्क्याउँदै चन्दा असुल गर्ने कार्यमा संलग्न हुँदै आएको दाबी गरे ।

प्रहरीले बिकलाई अटोमेटिक पेस्तोल एक थान, म्याग्जिनमा लोड गरेको अवस्थामा केएफ ७.६५ लेखिएको गोली ३ थान , सिम नभएको ओप्पो कम्पनीको मोबाइल एक थान, कलर्स मोबाइल एक थान र सिमकार्डसहित सार्वजनिक गरेको छ ।

बिकलाई २०७७ मंसिर २३ गते मोरङ मिक्लाजुङ्ग गाउँपालिका वडा नं १ बर्खे बस्ने राजेन्द्र श्रेष्ठको हत्याको आरोप लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस !