७ बैशाख २०८१, शुक्रबार

प्रचण्ड-नेपाल समूहद्धारा रोल्पाको सुलिचौरमा विरोध सभा (फोटो फिचर)

प्रकाशित मिति :  21 January, 2021 5:05 pm


रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आज पूर्वी रोल्पाको मुख्य बजार सुलिचौरमा प्रतिनिधि सभा विघटन विरुद्ध जनसभा गरेको छ ।

पुस ५ गते प्रतिनिधि सभा विघटनपछि प्रचण्ड नेपाल समूहले रोल्पाको लिवाङपछि सुलिचौरमा विरोध सभा गरेको हो ।

सभालाई पूर्वसभामुख तथा स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा, स्थायी कमिटी सदस्य वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती,केन्द्रीय सदस्य दिपेन्द्रकुमार पुन र केन्द्रीय सदस्य ठाकुर गैरे लगायतले सम्बोधन गरेका छन् ।

प्रचण्ड नेपाल समूहले भोली पश्चिम रोल्पाको घर्तीगाउँ वृहत कार्यकर्ता भेला कार्यक्रम तय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !