१४ बैशाख २०८१, शुक्रबार

प्रचण्ड-नेपाल समूहलाई ओलीको जवाफ, ‘जनसभा र जनपरिचालन कस्तो हुन्छ, माघ २३ गते हेर्नू’

प्रकाशित मिति :  22 January, 2021 9:13 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसभा के हो माघ २३ गते देखाइदिने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल समूहले आज काठमाडौंमा गरेको विरोध सभामाथि टिप्पणी गर्दै नेकपाको एउटा समूहको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले जनसभा र जनपरिचालन के हो माघ २३ गते काठमाडौंमा देखाइदिने बताएका हुन् ।

उनले भने,”रत्नपार्कतिर केही मान्छेहरु जम्मा भएर हौसिएर भाषण गर्दै सुन्याथिए ।  ८/१० हजार मान्छे के देख्नुभएछ भुइमा खुट्टै थिएन । ८/१० हजार मान्छे देखेपछि उहाँका धाक धक्कु सारा थिए । कोही केपी ओलीलाई घुँडा टेकाईदिन्छौ भन्दै थिए ।”

उपत्यका पेशागत बुद्धिजीवी जिल्ला कमिटी अन्तर्गतको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माघ २३ गते हुने जनसभा भने अलिकति झलक मात्रै हुने र त्यो पनि कस्तो हुन्छ हेर्न आग्रह गरे ।

उनले भने, “आमसभा भन्ने कुरा कस्तो हुन्छ २३ गते हेर्नुहोला काठमाडौंमा,म उहाँहरुलाई भन्दिन चाहन्छु आमसभा कस्तो हुन्छ आमसभा केलाई भन्छन् ? जनपरिचालन केलाई भन्छन् २३ गते हेर्नुहोला काठमाडौंमा, हामी २३ गते अलिकति झलक दिन्छौं जनपरिचालनको । यो बीचमा अलि व्यस्त भयौं । नत्र आजको भोली देखाइदिन्थ्यौं, जनसभा कस्तो हुन्छ ?”

यो संगै ओली समूहले पनि आफ्नो विरोध गरिरहेको प्रचण्ड नेपाल समूहको विरोध सभालाई जनसभाबाटै काउन्टर गर्ने देखिएको छ । पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपा विभाजन भएको छ र एउटा समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरिरहेका छन् । अर्को समूहको नेतृत्व प्रचण्ड नेपालले गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !