८ बैशाख २०८१, शनिबार

रुसमा राष्ट्रपति पुटिनका विरुद्ध ठूलो प्रर्दशन, ३ हजार प्रर्दशनकारी प्रहरी नियन्त्रणमा

प्रकाशित मिति :  24 January, 2021 10:18 am


काठमाडौं ।  रुसका विपक्षी दलका नेता तथा राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नभाल्नी पक्राउको विरोधमा रुसमा ठूलो जनप्रर्दशन भएको   छ ।

राष्ट्रपति पुटिन विरुद्ध भएको यो प्रर्दशन केही वर्षयताकै ठूलो मानिएको छ ।

पर्यवेक्षकका अनुसार प्रर्दशनका क्रममा ३ हजार भन्दा बढी मानिसलाई हिरासतमा राखिएको छ । प्रर्दशनलाई रोक्न १० हजार भन्दा बढी सुरक्षाकर्मी परिचलन गरिएको थियो ।

रुसका राजधानी मस्कोमा दंगा प्रहरीले प्रर्दशनकारीलाई पिट्दै घिसार्दै लगको देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । राष्ट्रपति पुटिनका आलोचक मानिएका नभाल्नीको गिरफ्तारीपछि विपक्षीहरुले प्रर्दशन गरेका थिए ।

नभाल्नी निकट सहयोगिहरुलाई भने प्रर्दशन अघि नै नियन्त्रणमा लिइएको थियो जसमा उनका प्रवक्ता र वकिल रहेका थिए ।

नभाल्नी रुसका राष्ट्रपति पुटिनका खरो आलोचक मानिन्छन् । उनलाई पक्राउ गरेलगत्तै उनका सामर्थकहरुले सामाजिक सञ्जारमा चर्को विरोध गरेका थिए र प्रर्दशनका लागि आग्रह गरेका थिए । रुसमा झण्डै ६० शहरमा विरोध प्रर्दशनको प्रभाव परेको बीबीसीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !