१० फाल्गुन २०७७, सोमबार

कृषि क्षेत्रमा वैदेशिक लगानी भित्राउने निर्णय विरुद्ध कृषि अभियन्ता सडकमा [फोटो फिचर]

प्रकाशित मिति :  ११ माघ २०७७, आईतवार १६:४२


काठमाडौं । कृषिमा प्रत्यक्ष बैदेशिक लगानी भित्राउने सरकारको निर्णय विरुद्ध यस क्षेत्रका अभियन्ता सडकमा आएका छन् । उनीहरुले आज काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् ।

पुस ५ गतेको मन्त्रिपरिषद्को बैठकले प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ संसोधन गर्ने निर्णय गरेको थियो । ऐनमा भएको अनुसूचीमा हेरफेरसँगै पुस २८ गते नै कृषिका प्राथमिक उत्पादन क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी गर्न सकिने नियमावली समेत बनाएको छ ।

निर्णय लगत्तै कृषि क्षेत्रमा कृयाशील उद्योगी तथा संघसंस्थाहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सरकारको निर्णय नेपालको माटो बेच्ने तथा राष्ट्रघाती र किसानमारा भएको दाबी गरेका छन् ।

श्रम र प्रकृतिको दोहन गरी नाफा मात्र लिन भित्राईने यस्ता लगानीले प्रत्यक्ष र परोक्ष रुपमा कृषिक्षेत्र धराशायी हँदै किसानी जीवन पद्धति नै विस्थापित हुदै समग्र कृषि क्षेत्र नै भड्खारामा पर्न जाने उनीहरुको दाबी छ ।

खाद्यका लागि कृषि अभियानले कृषि तथा पशुपञ्छी विकास मन्त्रालयको संलग्नता नदेखिनु पनि अनौठो विषय भएको छ । अभियानले भनेका छ, नेपालको स्थापित कृषिपद्धति, संयुक्त राष्ट्रसंघले लिएको दिगो विकास लक्ष्य, संविधानको मर्म, खाद्य तथा सम्प्रभुता ऐन र सत्तासीन दलकै घोषणापत्रको समेत विपरीत लिइएको यो कदम आफैमा खेदजनक छ ।

माघ ४ गते सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सरकारले कृषि क्षेत्रमा वैदेशिक लगानी भित्राउने निर्णय गरेसँगै यस क्षेत्रका अभियन्ता तथा उद्यमीहरु विरोधमा उत्रिएका छन् ।

तस्बिर : लुम्बिनी सञ्चार

 



प्रतिक्रिया दिनुहोस !