१३ बैशाख २०८१, बिहिबार

विप्लव नेतृत्व नेकपाका नेता विरही ८ महिनापछि रिहा

प्रकाशित मिति :  24 January, 2021 6:23 pm


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अनिल शर्मा ‘विरही’ रिहा भएका छन् ।

मोरङ जिल्ला अदालतको आदेशमा विरही साधारण तारेखमा आज रिहा भएका हुन् । अधिवक्ता कला त्रितालले विरही रिहा भएको र परिवारको सम्पर्कमा पुगेको जानकारी दिइन् । उनी गत बैशाख २३ गते चितवनमा उपचार गराइरहेका बेला पक्राउ परेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि शर्मा चितवनको भरतपुरस्थित पुरानो मेडिकल केलजमा भर्ना भएका बेला पक्राउ परेका थिए । अदालतले छोड्न आदेश दिएपनि १२ पटक पक्राउ परेका थिए । उनी १३ औं पटकमा रिहा भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !