६ बैशाख २०८१, बिहिबार
मन्त्रिपरिषद् बैठक

‘लोकतन्त्रका योद्धाहरु’को सम्मान र परिचयपत्रका लागि कार्यदल गठन, एक हप्ताभित्रै निर्णय हुने

प्रकाशित मिति :  24 January, 2021 9:22 pm


काठमाडौं ।  सरकारले लोकतन्त्रका योद्धाहरुको सम्मान र परिचयपत्रको व्यवस्था गर्न भन्दै कार्यदल गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रीको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली संयोजत्वको कार्यदलमा खानेपानी तथा सरसफाई मन्त्री मणी थापा र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फे सदस्य छन् ।

प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विगतका शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने सहिद परिवार, घाइते, बेपत्ता, अंगभंग भएका, लोकतन्त्रका योद्दाहरूको सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न कार्यदल गठन गरेको जनाएका छन् ।

नेकपा विभाजनपछि प्रधानमन्त्री ओली पूर्वमाओवादी लडाकूहरु आर्कषित गर्ने प्रयासमा छन् ।

प्रधानमन्त्री ओलीसँगको भेटमा पूर्वलडाकूहरुले सरकारबाट मान्यता प्राप्त परिचयपत्रको माग गर्दै आएका छन् ।

कार्यदलका सदस्य थापाले अर्को मन्त्रिपरिषद् बैठकसम्म छलफल गरेर सुझाव पेश गर्ने निर्णय भएको जानकारी दिए । परिचयपत्रसँगै व्यवस्थापनका विषयमा पनि कार्यदलले सुझाव दिनेछ ।



प्रतिक्रिया दिनुहोस !