१३ बैशाख २०८१, बिहिबार
नेकपा संकट

नेकपा विभाजनलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय

प्रकाशित मिति :  24 January, 2021 9:43 pm


काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने निर्णय गरेको छ ।

आज बसेको आयोगको बैठकले दुबै समूहको दाबी नपुगेको निष्कर्ष निकाल्दै विभाजनको मान्यता नदिने निर्णय गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुवै पक्षको मागदावी अनुसार अभिलेखमा संसोधन, परिवर्तन वा हेरफेर हुन नसक्ने आयोगको निष्कर्ष छ ।

आयोगमा साविककै विवरण कायम रहेको जानकारी दुवै पक्षलाई दिने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताएका छन् । पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपा विभाजित भएको छ । एउटा समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरिरहेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले गरेका छन् ।

प्रचण्ड-माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ । उक्त समूहले ओलीलाई आज मात्रै साधारण सदस्यबाट समेत निष्काशनको निर्णय गरेको छ । यो निर्णयले नेकपा विभाजनमा थप अन्योलता देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !