१४ बैशाख २०८१, शुक्रबार
निर्वाचन आयोगको निर्णय

माधव नेपालमाथि बालुवाटारको व्यङ्ग्य : पेरिसडाँडामा कुखुरी काँ !

प्रकाशित मिति :  25 January, 2021 9:52 am


काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनको मान्यता नदिएपछि ओली समूह केही उत्साहित देखिएको छ ।

प्रधानमन्त्रीका सल्लाहकारले पहिलो निशान माधव कुमार नेपाललाई बनाएका छन् । आयोगको निर्णय अनुसार ओलीले थपेको जम्बो केन्द्रीय कमिटी र माधव कुमार नेपाल अध्यक्ष स्वत अस्वीकृत भएका छन् । थप प्रकृया बाँकी रहेपनि नेपालमाथि प्रधानमन्त्री ओलीका सल्लाहकारले कडा प्रहार गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाललाई पहिले दरबारको पश्चिम ढोकामा सभक्ति बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको इतिहासकै पुनरावृत्ति भएको टिप्पणी गर्दै भनेका छन्, “अहिले कार्की बैंक्वेटमा आयोजित प्रचण्डपथीय भेलाबाट स्वघोषित अध्यक्ष बनेको १ महिना ४ दिनमै अवैध घोषणा, बुद्धिले अरूलाई खा, रिसले आफूलाई खा भनेको यस्तै भएर होला !”

उनले नेपाललाई ओलीले तेस्रो अध्यक्ष बन्न भन्दा गरेको आग्रह नमानेको स्मरण समेत गराएका छन् ।

उनले भनेका छन्, “एकीकृत पार्टीको तेस्रो अध्यक्ष बन्न भन्दा मनले मानेन, तेल दिँदा नखाने कोल चाट्ने गर्दा त यस्तै हुन्छ नै । उनले थप भनेका छन्, “मजाक_ उधारो हुन्न, हाताहाती चाहिन्छ, पेरिसडाँडामा कुखुरी काँ !”

निर्वाचन आयोगले दुबै पक्षबाट दाबी नपुगेको भन्दै हिजो विभाजित दुबै पक्षलाई मान्यता नदिने निर्णय गरेको थियो । यसले नेकपा विभाजन र आधिकारिकताको विषय थप लम्बिएको छ । दुबै पक्षले आफू अनुकुल व्याख्या गर्न शुरु गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !