७ बैशाख २०८१, शुक्रबार

प्रचण्ड-नेपाल समूहद्धारा तेस्रो चरणको आन्दोलन घोषणा

प्रकाशित मिति :  25 January, 2021 11:40 am


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रचण्ड-नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वर,काठमाडौंमा पत्रकार सम्मेलन गरेर तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । तेस्रो चरणको आन्दोलन माघ १३ देखि २८ गतेसम्म सञ्चालन हुने नेतृ पम्फा भुसालले जानकारी दिइन् ।

संघर्षका कार्यक्रम अन्तर्गत माघ १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिईने छ ।  राष्ट्रिय सभाका सदस्य, तत्कालिन संविधानसभाका सदस्य, विघटित प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यले १४ गतेदेखि १९ गतेसम्म हरेक दिन धर्ना दिने भुसालले जानकारी दिईन् ।

माघ १६ गते जुलुससहित लैनचौर पुगेर शहीदहरुलाई श्रद्धाञ्ली दिने कार्यक्रम तय गरिएको छ । उक्त समूहले माघ १५ गते बुटवलमा, १६ गते विराटनगरमा र १७ गते धनगढीमा जनसभा गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै माघ २२ गते काठमाडौंमा युवा र्‍याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन हुने कार्यक्रम तय भएको भुसालले जानकारी दिईन् । पत्रकार सम्मेलनमा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी । श्रेष्ठले तेस्रो चरणको आन्दालन सफल बनाउन सबैलाई आग्रह गरे ।

पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपा विभाजित भएको छ ।

विभाजितपछि पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार दाहाल नेतृत्वको समूहले सडक संघर्ष चलाएको छ । दोसो चरणको आन्दोलन अन्तर्गत काठमार्डौमा उक्त समूहले जनसभा गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !