८ बैशाख २०८१, शनिबार

लुम्बिनीको स्थायी राजधानी सिसहनियाँ र गढवाको महदेवा जोड्ने पुलको प्रधानमन्त्रीद्धारा उद्घाटन

प्रकाशित मिति :  25 January, 2021 1:06 pm


दाङ। लुम्बिनी प्रदेशको स्थानी राजधानी सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने फुलको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

नेपालकै दोस्रो लामो पक्कि मानिएको पुलको प्रधानमन्त्री ओलीले आज उद्घाटन गरेका हुन् । पुलको झण्डै एक वर्ष अघि निर्माण सम्पन्न भएको थियो । उक्त पुल पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गरेका थिए । झण्डै एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । तोकिएको समयभन्दा चार महिना अगाडि नै पुल निर्माण कार्य पूरा भएको निर्माण कम्पनीले जनाएको छ ।
सिसहनियाँ–महदेवा वारीपारी गर्न अब देउखुरीबासीलाई सहज भएको छ ।

यो पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दालाई फाइदा पुग्ने छ ।

अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्ती पारिको क्षेत्रबाट वारी आउँदा कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, तर पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ ।



प्रतिक्रिया दिनुहोस !